यस्तो छ एमालेले सार्वजनिक गरेको नयाँ लोगो

नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा आज एमालेले नयाँ लोगो सार्वजनिक गरेको हो ।

विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले नयाँ लोगो सार्वजनिक गरेका हुन् । यसअघि सूर्यभित्र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो ।



नयाँ लोगोमा सूर्य चिह्नभित्र पँहेलो रङको हँसिया हथौडा छ । त्यस्तै विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ । एमालेले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने बताए । योसँगै अब एमालेमा पदाधिकारी संख्या १५ पुगेको छ ।

 

सम्बन्धित समाचार