बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदै

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै सुनुवाइ तोकिएको छ । यसअघि पनि सुनुवाइका लागि पेसी चढेपनि पटक–पटक स्थगित हुँदै आएको थियो ।



सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले पनि मन्त्री मागेको र माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

सम्बन्धित समाचार