बैंगलोर र कोलकाता विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राईडर्स विजयी भएका छन्। हिजो भएको पहिलो खेलमा पन्जाब किङ्स बैंगलोरसँग पराजित भयो भने सनराइजर्स हैदरावाद कोलकातासँग ६ विकेटले पराजित हुन पुग्यो ।

सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५७ रनको अर्धशतकीय पारी खेले भने देबदुत पडिकलले ४० रन बनाए । त्यस्तै कप्तान विराट कोहली २५ रन बनाई आउट भए भने एबी डी भिलियर्सले २३ रन जोडे । पन्जाबका लागि मोहमद शामी र मोइसेस हेन्रिसलेसमान ३-३ विकेट लिए ।



ग्लेन म्याक्सवेल

१६५ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाब २० ओभरमा ६ विकेट गुमाउदै १५८ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि मयांक अग्रवालले ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ३९ रन जोड्दा एडिन मार्क्रमले २० रन बनाए । बैंगलोरका लागि युजभेन्द्र चाहलले ३ विकेट लिए । जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्ले अफ्मा पुगेको छ भने १२ खेलमा १० अंक जोडेको पन्जाब पाँचौं स्थानमा रहेको छ ।

यस्तै आइतबार भएकै अर्को खेलमा कोलकाताले हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । दुबईमा पहिले ब्याटिङ गरेको हैदरवादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११५ रन बनाएको थियो । हैदरावादका लागि केन विलियम्सनले २६ रन बनाए भने अब्दुल समादले २५ रन जोड्दा प्रियम गार्गले २१ रन बनाए । कोलकाताका लागि टिम साउथी, शिबम माभी र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए ।

कोलकाता

११६ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता ले १९.४ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । कोलकाताको लागि सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिस रानाले २५ र दिनेश कार्तिकले १८ रनमा अविजित रहे ।हैदरावादका लागि जेसन होल्डरले २ विकेट लिए । जितसँगै कोलकाता १३ खेलमा १२ अंक जोड्दै चौंथो स्थानमा छ भने । १३ खेलमा ४ अंक जोडेको हैदरावाद पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

हैदरावाद

सम्बन्धित समाचार