नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज (सोमबार) नेपाल बुद्धिजीवि संगठनद्वारा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् ।
उने भने ‘आजै सपथ ग्रहण गराउने भन्ने छ, यो नभएपनि यसबारे आज टुंग्याउने भन्ने छ ।’ उनले मन्त्रिपरिषद् विस्तार आजै टुंग्याउने गृहकार्य गर्नुभएकाले भेलामा धेरै बोल्न समय नभएको बताए । त्यस्तै प्रचण्डले माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीहरुसँग एकताको पहल पनि गरिरहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अहिले मन्त्रिपरिषद्मा ५ जना मन्त्री र एक स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।

