नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।

सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको फैसला १५ कात्तिकमा सुनाउने निर्णय गरेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।
उक्त रिटमाथि आज (सोमबार)प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले फैसला सुनाउने निर्णय गरेको हो । आज उक्त मुद्दामा एक नम्बरमै सुनुवाइ तोकिएको थियो । त्यस्तै सर्वोच्चले कात्तिक १० गते सम्म दुवै पक्षका कानून व्यवसायीहरूले आफ्नो बहस नोट पेस गर्न समेत आदेश गरिएको छ ।
यसअघि पनि सुनुवाइका लागि पेसी चढेपनि पटक–पटक स्थगित हुँदै आएको थियो । सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले पनि मन्त्री मागेको र माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

