बुद्ध एयरले क्यानलाई प्रतिवेदन बुझायो, पाइलटलाई लगाइयो यस्तो आरोप

बुद्ध एयरले गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बताएको छ । बुद्ध एयरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनमा क्याप्टेनले अनावश्यक यात्रुलाई त्रसिद गरेको र इण्डिकेटरको संकेतलाई याद नगरी उडान भर्दा समस्या आएको बताएको छ । बुद्ध एयरले क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा छनबिन समिति गठन गरेको थियो । बाहिरी सूचनामा बढी भरपर्दा समस्या आएको कम्पनीको भनाइ छ ।



गत सोमबार विहान काठमाडौंबाट विराटनगर उडेको वुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज विराटनगरमा विमानसथलमा ल्याण्ड हुन नसकी काठमाडौंमा आएर अवतरण गरेको थियो । विराटनगरमा पाइलटले अवतरणका लागि ल्याण्ङि गियर खोल्न खोज्दा नखुलेपछि २ घण्टासम्म आकाशमा घुमेको थियो ।

सम्बन्धित समाचार