मुम्बई इन्डियन्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्स मुम्बईसँग ८ विकेटले पराजित हुन पुग्यो ।

सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९० रन मात्र बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले २४ रन बनाए भने डेभिड मिलरले १५ रन जोडे । त्यस्तै यासभी जैसवाल र राहुल टेवाटियाले समान १२-१२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । मुम्बईका लागि नाथन कल्टर नाइलले ४ विकेट लिए भने जेम्स निशमको भागमा ३ विकेट रहँदा जस्प्रित बुम्राहले २ विकेट लिए ।



मुम्बई इन्डियन्स

९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । मुम्बईको लागि इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले २२ रन बनए । यस्तै सूर्यकुमार यादवले १३ रन बनाई आउट भए भने हार्दिक पाण्डय ५ रनमा अविजित रहे । राजस्थानका लागि मुस्ताफिजुर रहमान र चेतन साकरियाले समान १-१ विकेट लिए ।

जितसँगै मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लदै प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ भने १३ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराईजर्स हैदरावाद भिड्दै छन् ।

राजस्थान

 

सम्बन्धित समाचार