नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
पोखरा राइनोज चौंथो संस्करणको पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्स ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । अब उपाधिको लागि पोखराले चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमादै ११९ रन बनाएको थियो । भैरहवाको लागि कप्तान शरद भेषावकर ३२ रनमा अविजित रहे भने आरिफ शेखले २७ रन बनाए । त्यस्तै राहित पौडेल १८ रन बनाई आउट भए भने प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन जोडे । पोखराका लागि किशोर महतो र साहान अराचचिगेले समान २-२ विकेट लिए भने नन्दन यादव र असेला गुनारत्नेको भागमा समान १-१ विकेट रह्यो ।
१२० रनको लक्ष्य लिएर मैदान उत्रेको पोखराले १। २ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि साहान अराचचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय पारि खेले भने विपिन रावल ४० रनमा अविजित रहे । त्यस्तै रिचर्ड लेभीले १४ बनाई आउट भए भने रित गौतमले ६ रन जोडे । भैरहवाका लागि भुवन कार्कीले २ विकेट लिए ।