एसिड आक्रमणमा परेकी संगिताले कसिन् लगन गाँठो

एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रिया दिँदै संगिताले दुबैजनाले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् ।



संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण भएको थियो । एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो ।

सम्बन्धित समाचार