भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय गरेको जानकारी दिए।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

सम्बन्धित समाचार