नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक I

बोङ्गो स्टुडियोजले न्युज फिल्मीलाई टप क्लाइन्ट अवार्ड प्रदान गरेको छ । केही दिनअघि गरिएको भब्य समारोहमा बोङ्गो स्टुडियोजले नेपालमा आफ्नो सबैभन्दा पुरानो र शीर्ष प्रदर्शन गर्ने ग्राहकहरुको लागि प्रोत्सहन कार्यक्रममार्फत् सेलिब्रिटी न्युज च्यानल न्युज फिल्मीलाई उत्कृष्ट प्रदर्शनको लागि एक गोप्रो क्यामेराबाट सम्मानित गरेको जनाइएको छ ।
बोङ्गो स्टुडियोज एशियामा सबैभन्दा ठूलो मल्टी च्यानल नेटवर्क (एमसीएन) कम्पनीहरुमध्ये मानिन्छ । बोङ्गो स्टुडियोज प्रतिभाको पोषण र उनीहरुको वृद्धि विकासमा सहयोग गर्ने र यसको ग्राहकहरुको लागि मुद्रीकरण र सामग्री तयार पार्न सहयोग गर्ने गर्दछ । न्युज फिल्मी नेपालमा एक उत्कृष्ट युट्युव च्यानलहरूमध्ये एक हो, जसले सेलिब्रिटी समाचार तथा अन्य अन्तरङ्ग कुराकानीमार्फत आफ्ना दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।
कार्यक्रमको दौरानमा न्युज फिल्मीका प्रबन्ध निर्देशक अनुप भट्टराईले बोङ्गो स्टुडियोजद्वारा प्रदान गर्दै आएका सेवाहरु जस्तै कपिराइट म्यानेजमेन्ट, च्यानल सेक्युरिटी, सर्च इन्जिन अप्टिमाइजेशन तथा अन्य सेवाहरुको बारेमा प्रकाश परेका थिए । साथै उनले आफ्नै च्यानल न्युज फिल्मीको बारेमा रोचक इतिहास बताउँदै बोङ्गो स्टुडियोजले न्युज फिल्मीलाई अहिलेको स्थानमा आउन गरेको सहयोगको दिल खोलर प्रशंशा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक भट्टराईले अगाडि भने ‘यदि तपाईंहरूलाई तपाईको युट्युब च्यानल वृद्धि गर्न मद्दत चाहिन्छ भने वा कुनै समस्या छ भने सीधै बोङ्गो स्टुडियोजलाई फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ वा वेबसाइट https://bongostudios.com/ मा पनि जान सक्नुहुने छ ।’
