नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बुलेटिनअनुसार आज दिउँसो प्रदेश न १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पनि एक दुई ठाउँमा आज राति चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
