नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।

काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । आज (सोमबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सिनामंगलस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु विगत २५/२६ दिनदेखि सिनामंगलमा रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए । त्यस्तै उनीहरु मध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । पक्राउ परेकाहरु भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको महतोले बताए ।
पक्राउ परेका अफगानी नागरिकहरुलाई अध्यागमन विभागमा बुझाउने तयारी भएको सिआईबीले जनाएको छ । अफगानिस्तानको सत्ता कब्जा तालिबानले गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ ।
