बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

पाँचथर, फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृत्यु हुनेहरुमा प्रमीला देवान, निश्चल देवान र प्रजन मगर रहेको र एक जनाको सनाखत हुन बाँकीछ । उनीहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । दुर्घटनामा अन्य ६३ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।



घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

सम्बन्धित समाचार