जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा उदयपुर, त्रियुगा नगरपालिका-८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई रहेका छन् ।

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार