नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उक्त प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बुधबार दिउँसो पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ। राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ।
तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
