मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-३१ बेगनास बसपार्क नजिक ईनारमा अन्नपूर्ण गाउँपालिका-३ भदौरे देउराली बस्ने २३ वर्षीय राजु लामिछाने मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-९ भैँसे बजार नजिक खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।



यता सुर्खेत, गुर्भाकोट नगरपालिका-९ चिसापानीस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब २९ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउण्डस्थित फोहर फाल्ने ठाउँमा मंगलबार वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार