देशका पहाडी भू-भागमा वर्षाको सम्भावना

आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।



भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार