नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक ।

यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोरङ,सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
