आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ।



सोमबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार