नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवर रहेका छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
