नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ ।
कात्तिक २० गते शनिबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको हो । यस वर्ष यमपञ्चक कात्तिक १७ गते बाट सुरु हुनेछ । कार्तिक १७ गते काग तिहार र कुकुर तिहार, १८ गते गाई तिहार र लक्ष्मी पूजा, १९ गते गोवर्द्धन पूजा र २० गते भाइ टीका रहेको छ ।
