बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार