नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कात्तिक ।

काठमाडौंमा राती ९ बजेपछि देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै देउसीभैलो कार्यक्रम राती ९ बजेसम्म सञ्चालन मात्र गर्न आग्रह गरेको हो।
कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै देउसीभैलो कार्यक्रम सञ्चालन गर्न आदेश दिएको छ। पूजापाठलगायत क्रियाकलाप सञ्चालन गर्दासमेत स्वास्थ्य मापदण्ड पालना गर्न सूचनामा भनिएको छ। मठमन्दिर लगायत स्थानहरुमा भीडभाड नगर्न आग्रह गरिएको छ।
साथै, पटका, अतिसबाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्नरनगराउनसमेत सचेत गराइएको छ।
