जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर लिमचुङबुङ गाउँपालिका-५ जाँते बस्ने ६८ वर्षीय सिंह बहादुर राई रहेका छन् । राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार