मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादव शपथ ग्रहण गरेका छन् । आज (आइतबार) नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । उक्त समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।



यस अघि प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव लाई गत मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए । माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सामेल गर्न रायलाई पदमुक्त गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) सामेल भएसँगै प्रदेश २ को सरकारमा जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन सरकार भएको छ ।

सम्बन्धित समाचार