अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलको कति छ शक्ति ?

नेकपा एमालेको महाधिवेशन मिति साँघुरिँदै जाँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी घोषणा गरे । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् । एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको र सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न हुने नेताहरूको दाबीकाबीच रावलले चुनौती प्रस्तुत गरेका हुन् ।

पत्रकार सम्मेलनमा एक्लै देखिएका रावलले पार्टीमा प्यानल नबनाउने निर्णय भएकाले स्वतन्त्र रूपमा अरू नेताहरूले पनि उमेदवारी दिने उनको दाबी छ । एमालेका अध्यक्ष ओलीले आफू दोहोरिने औपचारिक घोषणा त गरेका छैनन् । तर, वर्तमान चुनौतीलाई पार लगाउने नेता अरू कोही नभएको नेताहरू बताउँदै आएका छन् । ओली नै एमालेको अध्यक्ष बन्ने निश्चित भएको उनीहरूको दाबी छ ।



ओलीको विकल्प नदेखेको बताइरहँदा विद्रोही स्वाभावका रावलले उनलाई चुनौती दिने भएका हुन । उनले आफू पार्टीको नेतृत्व गर्नसक्ने भन्दै त्यसमा विश्वस्त हुन आग्रह गरेका छन् । माधव समूहसँग विद्रोह गरेर एमालेमै रहेका रावलसँग अध्यक्षमा ओलीलाई टक्कर दिने आधार भने देखिँदैन । रावलसँग केवल सर्वसम्मत हुनबाट रोक्ने क्षमता मात्र भएको बताइन्छ ।

सम्बन्धित समाचार