नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाएको तर यसमा सहमति जनाइनसकेको बताएका छन्।
सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेका तर्फबाट महाधिवेशनको निम्ता आएको तर आफूले यसबारे निर्णय गर्न बाँकी रहेको जानकारी दिएका हुन्। उनले आफू उपस्थित नहुने संकेत पनि गरेका थिए ।
प्रचण्डले एमाले महाधिवेशनमा आफू उपस्थित नभए पनि पार्टीको तर्फबाट कोही नेता उपस्थित हुने बताए । हाल प्रचण्डले चितवनमै विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।

