किन स्थगित भयो एमाले स्थायी कमिटी बैठक ?

एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (सोमबार) दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

बैठक भोली मंगलबार विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने तामाङले बताए।



पार्टीका शीर्ष नेताहरु व्यस्त रहेकाले र तयारी नपुगेकाले बैठक भोलिका लागि सारिएको तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार