नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।
आज नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरुले अव ढिलाई गर्न नहुने बताए ।
उनले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताए । अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरुले उठाएको विषय स्वभाविक भएको पनि बताए । बारे आजै सवै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

