नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् ।
मन्त्रीहरुको अनावश्यक टर्चर, धम्की र गैरकानुनी कार्य गर्न दवावलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री र सचिवबीच द्वन्द्वसमेत बढ्न थालेको छ । मन्त्रीहरुको दवाव विरुद्ध केही सचिवले प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि मौखिक जानकारी समेत गराएका छन् ।
उनीहरुले मन्त्रीहरुको गैरकानुनी आदेश मान्न नसकिने चेतावनी समेत दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।