नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान ११ बजे हुने भनिएको बैठक सवा १२ बजेबाट सुरु भएको हो ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको छ । यसअघि हिजो(सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका बताएका छन् ।
एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । बैठकमा विभिन्न पदमा दाबी गरेका नेताका बारेमा पनि छलफल हुने बताइएको छ ।

