कुन पदमा दिए महेश बस्नेतले उम्मेदवारी ?

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले सचिव पदमा उम्मेदवारी दिँदै देशभरिका कार्यकर्ताले आफूलाई माया गर्ने भएकाले आफूले सो पदमा जित हासिल गर्ने बताए । पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु, ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको छ ।’



भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएको विषयमा बोल्दै बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन आग्रह गरेका छन् । उनले अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

सम्बन्धित समाचार