नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र झापामा आएर चुनाव लड्न चुनौती दिएका छन् । आज (मंगलबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
यसअघि प्रचण्डले एक कार्यक्रममा आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए । ‘हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि मेरै निर्वाचन क्षेत्र झापा आएर गर्नुस् न’ ओलीले भने । त्यस्तै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए ।
यस्तै ओलीले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

