देउवा–कोइरालाबीच गठबन्धन, कांग्रेसमा तरङ्ग

नेपाली कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच गठबन्धन भएको छ । नवलपरासीको नवलपुरमा संस्थापन इतर समूहभित्र पनि शशांक पक्ष हाबी छ । त्यहाँ शशांक पक्षले देउवा पक्षसँग मिलेर एउटै प्यानल बनाएको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अर्को प्यानल छ । देउवा–कोइराला र पौडेल समूहबीच प्यानलै बनाएर क्षेत्रीय सभापतिका लागि चुनाव भएको छ ।

नवलपुर क्षेत्र नम्बर १ को सभापतिका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार बनेका छन् । यस्तै क्षेत्र नम्बर २ को सभापतिका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा चलिरहेको छ ।



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि नवलपुर क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्य चुनाव जितेका हुन् । मुख्यमन्त्री पोखरेल देउवा–कोइरालाको प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर २ का ११६७ र ७९९ क्षेत्रीय प्रतिनिधि छन् । दुबै क्षेत्रबाट सबै क्लस्टरमा गरी २४ जना महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी परेको छ । क्षेत्रीय महाधिवेशन मात्रै होइन, जिल्लाको पदाधिकारीमा पनि यही प्यानल बन्ने नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार