नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६१७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र एक हजार ५०३ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३५७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ । जसमा ६ हजार ६२ जना होम आइसोलेसनमा छन् भने ३२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११४ संक्रमित आईसीयूमा र ३२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २२ हजार ८३० र एन्टिजेन विधिबाट ९५ हजार ६१९ जना पुगेको छ ।