टिकटकले गुगललाई उछिन्यो

अमेरिकी सर्च इञ्जिन गुगललाई उछिनेर चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक पहिलो स्थानमा आएको छ। सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक पहिलो बनेको सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउड फ्लेअरले बताएको छ। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गुगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ। प्रयोगकर्ता गुगलमा भन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ।

इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महिनामा टिकटकले गुगललाई शीर्ष स्थानबाट पछि पारेको र त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ।



गतवर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्सलगायत साइट प्रथम १० स्थानमा थिए। यो वर्ष टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेका छन् ।

सम्बन्धित समाचार