त्रिविमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले यस्तो आदेश दिएको हो । गत मंसीर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यसैबीच त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीबीच सहमति भएसंगै विश्वविद्यालयमा भएको तालाबन्दी पनि खुलेको छ । त्रिभुवन विश्वविद्यालयले आन्तरीक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यार्थीहरु तालाबन्दी खोल्न सहमत भएका हुन् ।



यसअघि त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । त्रिभुवन विश्वविद्यालय सभाले गत मंसिर १४ मा विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्तिको निर्णय गरेसंगै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

सम्बन्धित समाचार