सोनु निगमलाई कोरोना संक्रमण

परिवार पनि संक्रमित

बलिउडका चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण भएको छ । सोनुसँगै उनकी श्रीमती र छोरामा पनि कोरोना पोजेटिभ देखिएको छ ।सोनु निगमले आफ्नो सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएका हुन् ।

सोनु निगमले एक भिडियो शेयर गरेर आफ्नो कोभिड पोजिटिभ भएको जानकारी दिएका छन् । उनी हाल दुबईमा छन् । सोनु निगमले भिडियोमा भनेका छन्, ‘म यस समयमा कोभिड पोजिटिभ छु । भुवनेश्वरमा प्रस्तुति दिन र सुपर सिंगर सिजन ३ को छायांकन गर्न भारत आउनु परेको थियो । त्यसैले मैले मेरो परीक्षण गरे र मेरो रिपोर्ट सकारात्मक आयो । मैले फेरि परीक्षण गरे र मेरो रिपोर्ट पोजेटिभ आयो । मलाई लाग्छ कि मानिसहरूले यसको साथ बाँच्न सिक्नुपर्छ।’



उनका छोरा निवान निगम र श्रीमती मधुरिमा निगम पनि कोभिड पोजिटिभ रहेको सोनुले बताए । डेढ महिनादेखि छोरा निभान निगमसँग भेट नभएको भन्दै छोरालाई भेट्न दुबई आएको तर अहिले छोरासँग बढी समय बिताउन सक्ने सोनुले बताए ।

सम्बन्धित समाचार