युभेन्ट्स बराबरीमा रोकिँदा एसी मिलान विजयी

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिँदा एसी मिलान भने विजयी भएको छ । बिहीबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-१ गोलको बराबरी रोकिएको हो भने एसी मिलानले रोमालाई ३-१ ले पराजित गर्यो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको २३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा युभेन्ट्सका फेडेरिको चिसाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिएको हो ।



युभेन्ट्स

बराबरीसँगै युभेन्ट्सले २० खेलमा ३५ अंक जोड्दै लिगको पाँचौं स्थानमा छ भने ४० अंक जोडेको नापोली तेस्रो स्थानमा रहेको छ । त्यसैगरी
इटालियन सिरी ए फुटबल अन्तर्गत नै बिहीबार राति भएको अर्को खेलमा एसी मिलानले रोमालाई ३-१ गोल ले पराजित गरेको छ । मिलानको घरेलु मैदानमा भएको खेलमा खेलको आठौँ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७ औं मिनेटमा जुनियर मेस्सीआसले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

युभेन्ट्स

तर, खेलको ४० औं मिनेटमा रोमाका टामी अब्राहीमले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा राफेल लाओले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए । यसअघि खेलको ७४ औं मिनेटमा रोमाका रिक कार्सड्रपले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो भने पुन: दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । जितसँगै मिलान २० खेलमा ४५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने ३२ अंक जोडेको रोमा सातौं स्थानमा रहेको छ ।

मिलान

मिलान

 

 

सम्बन्धित समाचार