सरकारले दियो अस्पतालहरुलाई यस्तो निर्देशन (विज्ञप्तिसहित)

ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । आज (शुक्रबार) नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

ओमिक्रोन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको येथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



त्यस्तै सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ । मन्त्रालयले वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा एस जिन स्क्रिनिङ गर्ने सुविधा रहेको जानकारी दिएको छ ।

विज्ञप्ति

यो पनि पढ्नुस :

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि (विज्ञप्तिसहित)

 

सम्बन्धित समाचार