गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । लतालाई कोरोनाको सामान्य लक्षण देखिएपनि अस्पताल भर्ना गरिएको उनकी भान्जी रचनाले बताइन् । उनलाई मुम्बईको ब्रीचकेन्डीको आईसीयू वार्डमा भर्ना गरिएको छ ।

९२ वर्षीया लताको कोरोनाका कारण बलिउडका जनता र उनका करोडौं फ्यान चिन्तित भएका छन् किनभने लता निकै वृद्ध भइसकेकी छिन् । तर, जसरी लक्षणहरू हल्का छन्, लता छिट्टै निको हुन्छ भन्न सकिन्छ । यसअघि सन् २०१९ नोभेम्बरमा संगीतकी रानी लतालाई निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । उनी २८ दिनसम्म अस्पतालमा थिइन् ।



लताले निको भएर ट्विट गरेकी थिइन् कि ‘म मेरा सबै शुभेच्छुकहरुप्रति आभारी छु कि उनीहरुको प्रार्थना र शुभकामनाले निको भएर घर फर्केकी छु ।’ उनका प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । लताले आफ्नो सांगीतिक क्षेत्रमा विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

सम्बन्धित समाचार