नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप

नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ५३ लाख ३० हजार ४६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो नेपालको कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजारको ५० दशमलव ५ प्रतिशत हो । यस्तै कुल जनसङ्ख्याको ३७ दशलमव आठ प्रतिशत अर्थात् एक करोड १४ लाख ६९ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।



सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसङ्ख्यामा राखेको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप भित्रिएको छ । यसमध्ये दुई करोड ६७ लाख ९९ हजार सात सय २४ मात्रा खोप प्रयोग भइकेको छ ।

सम्बन्धित समाचार