नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल फाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । उनले करिन बेन्जेमाको पासमा गोल गरेका हुन् । तर ४१ औ मिनेटमा बार्सिलोनाका लागि लि डी जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२ औं मिनेटमा क्रिम बेन्जेमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
यद्यपि खेलको ८३ औं मिनेटमा बार्सिलोनाका लागि अंसु फातीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा फेडरिको भाल्भर्डेले गोल गर्दै रियललाई ३-२ को जित दिलाए । अब उपाधिको लागि रियलले एट्लेटिको मड्रिड र एट्लेटिक बिल्बाओबीच हुने खेलको विजेतासंग खेल्नेछ । उनीहरुबीचको दोस्रो समिफाइनल खेल आज (बिहीबार) हुँदैछ ।