कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ८१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २,९२२ जना र चार हजार ५८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ । जसमा १३ हजार ५०३ जना होम आइसोलेसनमा छन् भने ८३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११० संक्रमित आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट ९९ हजार २२५ जना पुगेको छ ।

सम्बन्धित समाचार