नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।
कारबाओ कपको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
एनफिल्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा बराबरीमा चित्त बुझाउन पर्यो । खेलको २४ औ मिनेटमै आर्सनलका झाकाले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।
आर्सनल र लिभरपुलबीचको दोस्रो लेग आगामी जनवरी २० मा हुनेछ । यी दुईबीचको बिजेता टोलीले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । टोटनहमलाई पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको थियो ।