ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४२०४ जना र सात हजार ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । जसमा १७ हजार २९१ जना होम आइसोलेसनमा छन् भने ९४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १११ संक्रमित आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट १ लाख १०८ जना पुगेको छ ।

सम्बन्धित समाचार