आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

नेपालमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको प्रवक्ता मिश्राले बताइन् । उनका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।



पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार