नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
चलचित्र ‘चिसाे एष्ट्रे’ को गीत सार्वजनिक भएको छ । कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित चलचित्रको पहिलो गीत‘ड्रिम पाइरेसी’ सार्वजनिक भएको हो । गीतमा अजर जंगमको स्वर तथा संगीत रहेको छ गीतको शब्द चलचित्रका निर्देशक दिन्स पाल्पालीको रहेको छ ।
गीतले फिल्मको कथालाई अभिव्यक्त गरेको छ । गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।
आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा दिव्य देव शीर्ष भूमिकामा रहेका छन् भने निकुम श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशील राज पाण्डे, रोविन तामाङ, कृषा शाही, मोनिका गोले लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । महेश बाबु तिमल्सिनाको प्रस्तुति रहेको चलचित्रमा उज्जव बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ । सुजन खतिवडा, रुपेश ढुंगाना र नविन ढुंगानाको सह-निर्माणमा बनेको चलचित्रको लेखन तथा निर्देशन दिन्स पाल्पालीले गरेका हुन् ।
चलचित्रलाई प्रविण स्याङ्बो र सीए कलेक्टिभसले निर्माण गरेका हुन् । चलचित्रलाई ए कंगारू क्रिएशन्स एण्ड लोकल सिनेमा प्रोडक्शनमा क्रिएटिभ नेपाल फिल्म्सको सहयोगमा तयार पारिएको हो । चलचित्रको गीत म्युजिक नेपाल प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीत –