रियलले १२ औं पटक जित्यो स्पेनिस सुपर कपको उपाधि

रियल मड्रिडले १२ औं पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

रियललाई जित दिलाउने क्रममा लुका मोड्रिच र करिम बेन्जेमाले एकरएक गोल गरेका थिए। खेलको ३८ औं मिनेटमा गोल गर्दै मोड्रिचले टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत् गोल थप्दै आग्रता दोब्बर पारे।



खेलेको ८७ औं मिनेटमा रियलका एडर मिलिटाओले बललाई हातले रोक्ने प्रयास गरेसँगै उनलाई रातो कार्ड दिइएको थियो भने एथ्लेटिक बिल्बाओले पेनाल्टी पाएको थियो। तर, एथ्लेटिक बिल्बाओ यसको फाइदा भने उठाउन सकेन।

सम्बन्धित समाचार